लद्दाखमा भारतीय सेनाको पोष्ट छेउ नजिकिँदै चिनियाँ सेना
एजेन्सी । भारत र चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा फेरि तनाव उत्पन्न हुने संकेत देखिएको छ । उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप लगाउँदै भारतले पनि आफ्नो सेनाको संख्या बढाउन सुरु गरेको छ । यसै महिनामा २ देशका सेनाबीच तीन पटक झडप भएको थियो । पछिल्लो हप्ता दुबै देशका सैन्य कमाण्डरहरुबीच छलफल भई उक्त मुद्धालाई सुल्झाउने प्रयास गरेका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएका छन् । चिनियाँ सेना नियन्त्रण रेखा नजिकै रहेको पेनगोंग ताल नजिकै पुगेको जनाइएको छ र उनीहरु थुप्रै सवारी साधनमा निर्माणका सामाग्रीसहित आएको बताइएको छ ।
चिनियाँ सेना गल्वान नाला क्षेत्रमा बसिरहेको भारतीय सेनाको पोष्ट के एम १२० भन्दा १५ किमी नजिक आइपुगेको जनाइएको छ । त्यहाँ चिनियाँ सेनाहरु पाल टाँगेर बसेका छन् । चिनियाँ सेनाले त्यहाँ बन्कर निर्माण गर्न लागेको र त्यसका लागि धेरै उपकरणहरुसमेत प्रयोग गरिरहेको भारतीय सेनाको आरोप छ । यही क्षेत्रमा भारतीय सेनाले पेट्रोलिङ पोष्ट १४ को नजिकै पुल निर्माण गरिरहेको छ । चिनियाँ सेनाले यसको विरोध गर्दै आएको छ । भारतीय सेनाको पोष्ट केएम १२० मा २ सय ५० जवान तैनाथ रहेका छन् । तर अहिले भारतले त्यहाँ थप सैनिक फोर्स थप्ने तयारी गरिरहेको छ ।
यसअघि दुई देशका सेनाबीच एक महिनामै ३ पटक झडप भएको थियो । मे ५ र ९ मा क्रमसः पूर्वी लद्दाख र उत्तरी सिक्किममा झडप भएको थियो भने मे ९ मै लद्दाखमा अर्को तनाव भएको थियो । केही दिनअघि चिनियाँ सेनाले भारतीय सेनाका जवानहरुलाई गस्ती गएका बेला बन्धक बनाएका खबर बाहिर आएको थियो । यद्यपि, भारतीय सेनाले यसलाई इन्कार गरिरहेको छ । -दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण