मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना पुष्टि
वीरगन्ज – पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो । मेडिकल कलेजले पनि पीसीआर रिपोर्ट नआउँदै जेठ ४ गते नै शव परिवारजनको जिम्मा लगाएर पठाएपछि आफन्तले गाउँ लगेर त्यही दिन अन्तिम दाहसंस्कार गरेका थिए ।
वृद्धको अन्त्येष्टि ७ दिन पहिले नै भइसके पनि नारायणी अस्पतालको प्रयोगशालाबाट कन्फर्मेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट सोमबार बिहान मात्रै आएको र रिपोर्ट पोजेटिभ रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा क्रान्ति शाहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण