टेक्ससमा कोरोना महामारीको बीचमा युएनएको वार्षिक अधिवेशन सम्पन्न
विजय थापा
डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले कोरोना महामारीको बीचमा मुखावरण (मास्क) लगाएर बार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ ।
अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा भएको अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गरेको छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस) को सप्ताहन्तमा वार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना महामारीका कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को वर्ष सारिएको छ ।
टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न अधिवेशनमा मास्क(मुखावरण)लगाई ६ फिट (हात) को सामाजिक दूरीमा केवल २५ जनाभन्दा कम सहभागितामा निर्वाचन सम्पन्न भएको हो ।
आगामी दुई वर्षका लागि युएनएको नयाँ कार्यकारी समितिमा भक्तुबवु भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी लामो समयदेखि युएनए लगायत अन्य संघसंस्थामा सक्रिय सहभागी जनाउँदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् ।
मुख्य पदहरुमा पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरुको मनोनित हुने वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले बताए । युएनए संस्था गैरराजनैतिक,गैरधार्मिक, जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैरमुनाफामुलक सामाजिक संस्था हो । यसका संस्थापक टेक्ससका सफल व्यवसायी पासाङ लामा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म