नेपाल–भारत सीमा विवादमा भाइरल भएको अनुपम खेरको भारत विरोधी बयानको यस्तो छ वास्तविकता
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई सम्मिलित गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल–भारतबाट थुप्रै प्रतिक्रिया आइरहेका छन् ।
यसमा भारतीय अभिनेता अनुपम खेरको नाम पनि समावेश गरिएको छ ।
ट्वीट भाइरलः
सोसल मिडियामा अनुपम खेरको नामबाट एउटा ट्वीट भाइरल भइरहेको छ जसमा भनिएको छ, ‘नेपाल त्यो देश हो जसले भारतलाई संकट नहोस् भनेर आफ्ना बहादुर व्यक्तिलाई भारतीय सेनामा पठाएको छ र आज हामी त्यहि देशलाई संकटमा पारिरहेका छौं, लज्जाको कुरा हो ।’
यस्तो छ वास्तविकताः
अनुपम खेरको ट्वीटर ह्यान्डल अनुसन्धान गर्दा यस्तो कुनै ट्वीट देखिँदैन ।
वास्तवमा पाँच वर्षअघि यहि ट्वीटलाई अनुपमको आधिकारिक अकाउन्टमा ट्याग गरेर ‘के तपाईंले यस्तो ट्वीट गर्नुभएको हो ?’ भनेर सोधेका थिए ।
अनुपमले यसको जवाफ दिँदै भनेका थिए, ‘नेपालको यो ट्वीट मेरो होइन । म आफैं पनि अचम्मित छु, यस्तो कसले लेख्यो होला ।’
२८ सेप्टेम्बर २०१५ को यो ट्वीटलाई पुनः भाइरल गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण