रुसले सैन्य परेड आयोजना गर्ने
एजेन्सी । रुसले दोश्रो विश्वयुद्धको ७५ औं वार्षिकोत्सवमा सैन्य परेड आयोजना गर्ने भएको छ । कोरोना महामारीकै बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोश्रो विश्वयुद्धको ७५ औं वार्षिकोत्सवमा सैन्य परेड आयोजना गरिने घोषणा गरेका हुन् । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसअघि मे ९ मा हुने भनिएको सैन्य परेड रद्द गरिएको थियो । सामान्यतयया रुसले मस्कोको रेड स्क्वायरमा आयोजना गर्ने उक्त वार्षिकोत्सवमा सैनिक, पूर्व सैनिक, ऐतिहासिक रेड आर्मीका गाडी र आधुनिक सैन्य उपकरणहरुको प्रदर्शन गरिने चलन छ ।
राष्ट्रपति पुटिनले आगामी महिना उक्त समारोह आयोजना गर्नका लागि रक्षामन्त्री सेर्गेइ शोइगुलाई निर्देशन दिएका छन् । उनले आगामी जुन २४ मा उक्त सैन्य परेडको आयोजनाका लागि तयारी गर्न निर्देशन दिनुभएको बताइएको छ । जुन २४ त्यस्तो दिन हो, जुन दिन १९४५ मा विश्वयुद्धका दिग्गज विजेताहरुले सैन्य परेड गरेका थिए । पूर्व सोभियत मुलुक रुसका लागि यो एउटा राम्रो मौका हो । दोश्रो विश्वयुद्धमा संसारभर २.६ करोड मानिस मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण