रुसले सैन्य परेड आयोजना गर्ने

एजेन्सी । रुसले दोश्रो विश्वयुद्धको ७५ औं वार्षिकोत्सवमा सैन्य परेड आयोजना गर्ने भएको छ । कोरोना महामारीकै बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोश्रो विश्वयुद्धको ७५ औं वार्षिकोत्सवमा सैन्य परेड आयोजना गरिने घोषणा गरेका हुन् । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसअघि मे ९ मा हुने भनिएको सैन्य परेड रद्द गरिएको थियो । सामान्यतयया रुसले मस्कोको रेड स्क्वायरमा आयोजना गर्ने उक्त वार्षिकोत्सवमा सैनिक, पूर्व सैनिक, ऐतिहासिक रेड आर्मीका गाडी र आधुनिक सैन्य उपकरणहरुको प्रदर्शन गरिने चलन छ ।
राष्ट्रपति पुटिनले आगामी महिना उक्त समारोह आयोजना गर्नका लागि रक्षामन्त्री सेर्गेइ शोइगुलाई निर्देशन दिएका छन् । उनले आगामी जुन २४ मा उक्त सैन्य परेडको आयोजनाका लागि तयारी गर्न निर्देशन दिनुभएको बताइएको छ । जुन २४ त्यस्तो दिन हो, जुन दिन १९४५ मा विश्वयुद्धका दिग्गज विजेताहरुले सैन्य परेड गरेका थिए । पूर्व सोभियत मुलुक रुसका लागि यो एउटा राम्रो मौका हो । दोश्रो विश्वयुद्धमा संसारभर २.६ करोड मानिस मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने