३ दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन सरकारको अनुरोध
काठमाडौं । नेपाल सरकारले तीन दिन साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार यहि जेठ १४,१५ र १६ गते संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एव् विदेशस्थित नेपाली राजदूतावास नियोग तथा बाणिज्य दूतावासहरुमा तीन दिन साँझ दिपालवली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।
गृहमन्त्रालयले बुधबार मन्त्रिपरिषदको निर्णयअनुसार सोही बमोजिम गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ । यसअघि खुलामञ्चमा विशेष कार्यक्रमका साथ गणतन्त्र दिवस मानाइँदै आएपनि यो वर्ष कोरोना भाइरसका कारण विगतका जसरी यो दिवस मनाउन नसकिने सरकारले जनाएको छ ।
२०६५ साल जेठ १५ गते संसदबाट आधिकारिक रुपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा जेठ १५ गतेलाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण