के दक्षिण कोरियामा महामारी फिर्ता भएको हो ?
बिहीबार, १५ जेठ २०७७, १२ : ३१
दक्षिण कोरियाका लागि बिहिबार खासै राम्रो दिन रहेन ।
त्यहाँ पछिल्लो डेढ महिनामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
महामारीको दोस्रो लहरको आशंका गरिरहेका अधिकारीले नयाँ संक्रमितसँग जुध्नु परिरहेको छ ।
यसअघिसम्म पनि दक्षिण कोरियालाई संसारभरी एक उदाहरणको रुपमा हेरिन्थ्यो ।
कोरोनाभाइरस नियन्त्रणका लागि दक्षिण कोरियाले जे जति गर्यो, त्यसको चौततर्फी प्रशंसा भइरहेको थियो ।
दक्षिण कोरियाली अधिकारीका अनुसार बिहिबार त्यहाँ ७९ नयाँ संक्रमित भेटिएका छन् ।
यसका साथै दक्षिण कोरियामा संक्रमितको संख्या बढेर ११ हजार ३ सय ४४ पुगेको छ ।
सघन जनसंख्या भएको सोल नगरपालिकाको इलाकामा धेरै संक्रमित भेटिएका छन् ।
यसअघि पाँच अप्रिलमा दक्षिण कोरियामा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । त्यसदिन यहाँ ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण