हावाहुरीले क्वारेन्टिन उडायो
बिहीबार, १५ जेठ २०७७, १२ : ४०
गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।
दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिए । उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ । हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका सामग्री, खेलौनालगायतमा क्षति पु¥याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
-
३१ वर्षको त्यो चोट र उपहास, ४७ खेलको यो कीर्तिमानी यात्रा
-
ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु
-
तापक्रम घट्यो : अब आउने वर्षाले आगलागीलाई प्रभाव पार्ने
-
प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसको विमति, लामिछानेमाथिको छानबिन बटमलाइन
-
बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु