हावाहुरीले क्वारेन्टिन उडायो
बिहीबार, १५ जेठ २०७७, १२ : ४०
गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।
दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिए । उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ । हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका सामग्री, खेलौनालगायतमा क्षति पु¥याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण