रुकुम घटना : मृतक सबैको टाउकोमा चोट
शुक्रबार, १६ जेठ २०७७, ०६ : ५९
जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ ।
बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो ।
स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।
खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए ।
भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण