विवादित ‘पाताल लोक’ बारे अनुष्काको स्पष्टिकरणः समाजको चित्र देखाउँदै सही–गलत छुट्टाउने अधिकार दर्शकमा छोड्यौं
नायिका अनुष्का शर्माले पाताल लोक नामको वेब शो निर्माण गरेकी छिन् जुन विभिन्न कारणले नेपाललगायत भारतमा चर्चित बनेको छ । अनुष्काले आफूले विश्वास गरेको विषयवस्तुले निकै चर्चा पाएकोमा खुसी छिन् । यसबारे उनले एक भारतीय मिडियासँग कुराकानी गरेकी छिन् ।
अनुष्कालाई अपराधीलाई सकारात्मक मानवीय तरिकाले किन देखाउन खोजिएको भन्ने प्रश्न सोधिएको थियो यसमा उनले जवाफ दिएकी छिन्, ‘हामीले अपराधीलाई सकारात्मक मानवीय तरिकाले देखाउने कोसिस गरेका होइनौं । हामीले त हरेक व्यक्तिको पछाडि एउटा कहानी हुन्छ र उसले जे गर्छ, जहाँ ऊ हुर्किएको छ, त्यसैलाई आधार मानेर नै ऊ समाजमा चित्रित हुन्छ । हामीले समाजको चित्र देखाएका छौं । यसमा सही वा गलत छुट्याउने अधिकार दर्शकलाई नै छोडिदिएका छौं ।’
अनुष्काले आफ्नो विषयलाई पूरा प्रमाणका साथ पेश गर्ने कोसिस गर्ने गरेको बताएकी छिन् । पाताल लोकमा पनि आफूले त्यस्तै गरेको बताइन् । उनी भन्छिन्, ‘कहानी, पात्र र परिवेशको निकै नजिक रह्यौं । आज जब शो चर्चामा छ, यसको प्रशंसा भइरहेकोले मलाई निकै खुसी लागिरहेको छ । इन्डियाको निकै राम्रो थ्रिलर वेब शो हामीले बनाएका छौं भन्ने सुन्दा निकै खुसी लाग्छ ।’
यसका साथै समाज र नियमको क्रुर अनुहार यति नजिकबाट देखाउने पहिले नै योजना थियो भनेर उनलाई प्रश्न सोधिएको छ । यसबारे उनी भन्छिन्, ‘हो । हामीले समाजको विभिन्न पाटोलाई दर्सायौं । यो बतायौं कि हामी मानिस भइकन पनि सभ्य समाजको निर्माणमा असफल भयौं । शक्तिशाली बन्ने नाममा मानवताको घाँटी अँठ्यायौं ।’
यद्यपि, उक्त अन्तरवार्तामा नेपाली महिलामाथि जुन अपशब्दको प्रयोग गरिएको थियो, त्यसबारे अनुष्काले कुनै टिप्पणी गरेकी भने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
