पर्यटन क्षेत्रलाई छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेका छौंः मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् । १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए ।
उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायिहरु उत्साहित भएको विश्वास समेत व्यक्त गरे । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए । आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताए । उनले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणाअनुरुप पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताए ।
उनले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताए । सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने विश्वास समेत उनले गरे ।
सन् १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सफल आरोहण गरेको दिन पारेर सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । सन १९५३ देखि सन २०१९को अन्त्य सम्म कूल ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
त्यसमध्ये ३ हजार ४ सय ७८ जना नेपाली नागरिक रहेका छन् । यो अवधिसम्म नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी प्रप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण