कोरोना कहरमा भोकको डर
सदाझैं एक्लै थिएँ
हिँड्दै थिएँ गोरेटोमा
डरलाग्दा घुम्ती बढ्दै थिए
सुनसान बाटामा ।
धेरै तल बग्दो खोला एउटा,
सानो धर्सो देखिए जस्तो ।
आवाज त्यसको सुसेली थियो
कहिले लाग्थ्यो अट्टहास जस्तो ।।
कोरोना कहरले छोपेको छ
डराएको छ संसार सारा ।
कोरोनासँग डराउने कि
भोकमारीसँग लड्ने हामी ?
कति रहर लिएर हिँड्दैछौ
भेट्छु लामो अन्तरालपछि सारा ।
संसार भुल्छु जब भेट्छु
आफ्ना प्रिय परिवार सारा ।।
कोही छैन यात्रामा
एक्लै उकालो चढ्दैछु
खुशी धेरै छ मनमा,
तर औधी नै डराएको छु ।
सोच्ने के नै हो र ?
केही जम्मा गर्ने र दुई छाक टार्ने
आउनै लागेका चाडबाडमा रमाउने ।
सोचेको कहिल्यै पूरा भएको छ र ?
हामी जस्ताको,
आफ्नै पेट मारेर राखेको कमाइले कतिनै पुर्ने ।
जति गन्तव्य नजिक पुग्छु
काप्न थाल्छ यी खुट्टा मेरा ।
दुई चार छाक त मीठो मसिनो खाउला
केटाकेटी अनि परिवारसँग रम्न पाउँला ।
हिजोका जिम्वल आजका सरकार,
फेरि तिनकै बारी जोत्नुपर्ला ।
कहिले थोरै पैसा पाउँला
कहिले भागमा छाक टार्ने अन्न पर्ला ।
खुइय सुस्केरा हाल्दै
सम्झी सबैलाई अघि बढ्नै पर्छ ।
जिम्मा लिएकै छु मैले सबैको
कर्तव्य पूरा म आफैले नै गर्नै पर्छ ।
खै केनै परिवर्तन भयो र
आफै परिवर्तित भएको छु ।
हिजो टाढैबाट ढोग गर्थें
आज भोलि नमस्कार गर्ने गरेको छु ।।
हिजो तिनका आगनमा बस्थेँ
आज पिँढीको बेन्चमा बस्ने भाको छु ।
यता नमस्कार गरे पनि
उता त दिनरात उभिएर सलाम ठोकेकै छु ।
खै यो कोराना किन आएको होला
हामी जहिल्यै मर्नेलाई रोगले नै मार्न हो कि ।
बडो कमाउँछौँ माथि उठ्न भन्थ्यौ
पहिले अरूले मार्थे अब हामी मार्छौं भन्न हो कि ।
सोच्दै हिँडे पुग्ने बेला चेत आयो
जहाँ नि मर्ने नै रैछौ हामी जस्ता ।
हिजो भोकले, आज फेरि कोरोना र
त्यही छाक टार्ने चिन्ताले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण