प्रदेशसभाको वैठकअघि सांसददेखि कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन
जनकपुर । प्रदेश नम्बर २ को प्रदेश सभा सञ्चालन गर्ने मिति नजिकिदै गएपछि प्रदेशसभा सदस्यदेखि कर्मचारी र सुरक्षाकर्मीको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन थालिएको छ । कोरोना कोरोना महामारीकै बीच बजेट ल्याउनुपर्ने बाध्यताका कारण प्रदेश सभाको चौथो अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदैछ । यो प्रदेशको प्रदेशसभा आगामी जेठ २१ गते दिउँसो १ बजे बस्ने तय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
प्रदेशसभा हलमा सामाजिक दूरी कायम गरी ३ वटा कुर्सीको बीचमा एक कुर्सी खाली राखेर सदस्यहरुलाई बस्ने व्यवस्था गरिएको छ । यसको आन्तरिक व्यवस्थापन भईसकेको सभामुख यादवले जानकारी दिए । प्रदेश २ सरकारले आगामी असार १ गते नीति तथा कार्यक्रम र त्यसपछि बजेट ल्याउने तयारी गरेको छ । त्यसका लागि बिहिबार उपसभामुख उपमा देवको स्वाब संकलन गरेर कोरोना परीक्षणको थालनी गरेको सभामुखका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए । उनका अनुसार बिहिबारबाटै प्रदेशसभा सदस्यहरुको स्वाब संकलन गरिएको छ । स्वाब संकलन र परीक्षण ३ दिनसम्म चल्ने छ ।
यस प्रदेशमा १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ सुरक्षाकर्मी र ६० जना कर्मचारी छन् । उनीहरु सवैको कोरोेना परीक्षण गरिने छ । शुक्रबारसम्म ६७ जना प्रदेशसभा सदस्य र सुरक्षाकर्मी तथा सचिवालयको कर्मचारी गरी १२४ जनाको स्वाब संकलन गरिएको छ । यसअघि मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुको स्वाब संकलन गरी कोरोना परिक्षण भईसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण