नवलपरासीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट, ६ लाख बराबरको क्षति
परासी – गएराति पश्चिम नवलपरासीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ३ कुट्टिटोला गाउँबासी सुदामा धोवीको गोठको आगो सल्केर आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको हो ।
चौपाया बाँध्ने गोठमा मच्छर धपाउन बालेको आगो सक्लेर घर र गोठमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ ।
आगलागीले घरमा रहेको अन्नबाली, लत्ताकपडा, गोठमा बाँधिएको भैंसी, पाडो र घरै जलेर ६ लाख ३२ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
राति १ बजेको समयमा आगो सल्केर घर र गोठमा आगलागी भएपछि धोवीले आगो निभाउन स्थानीयलाई गुहारेका थिए । तर, समयमा आगो नियन्त्रणमा लिन नसकेपछि घरै जलेर नष्ट भई क्षति भएको बताए । जिल्लाको ग्रामीण क्षेत्र सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउँपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनको क्षति हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण