कार्यकक्षमा बेहोस भएर लडेका प्रहरी नायब निरीक्षकको मृत्यु
काठमाडौँ - महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।
गम्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो ।
टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ ।
रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण