बहिनीलाई कोरोनाभाइरसबाट जोगाउन अक्षय कुमारले बुक गरे पूरा फ्लाइट
कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देश झैं भारत पनि लकडाउनको स्थितीमा छ जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फसेका पनि छन् ।
यस्तो कठिन समयमा जोकोही पनि आफ्नो घर र परिवार भएठाउँ पुग्न चाहन्छन् । यसका लागि थुप्रै फिल्मी कलाकार मद्दतमा उत्रिएका छन् । यस्तै, थुप्रैलाई मद्दत गरिसकेका बलिउड नायक अक्षय कुमारले पनि आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।
विमानमा चारजना यात्राः
कोरोनाभाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण