युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द
दैलेख । जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । भारतबाट आएका एक युवक क्वारेन्टिनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडिटी गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाइस वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा सत्य कुरा नगरेपछि अहिले कक्ष बन्द गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए । उनी आफू एक वर्षअघि भारतबाट आएको भन्दै आकस्मिक कक्षमा भर्ना भएका थिए । बुझ्दै जाँदा केही दिनअघि मात्र भारतबाट आएको मात्र नभई क्वारेन्टिनबाट भागेको खुलेपछि उनको आरडिटी गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि इमर्जेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
अहिले अन्य बिरामीको उपचारका लागि छुट्टै आपत्कालीन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालयका प्रमुख डा.निरन्जन पन्तले जानकारी दिए । भारतबाट आएका व्यक्ति सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले धमाधम मानिस जिल्ला भित्र्याएपछि स्थानीय सरकार र प्रशासनले थाम्न नसक्ने अवस्था देखिएको छ । अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टिनको विकल्प खोजी गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण