बाग्मती प्रदेशमा रसुवा कोरोनामुक्त
रसुवा । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड–१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।
सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हालसम्म जिल्ला सुरक्षित भएको बताइन् । रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षाअंग, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, बन्दाबन्दीको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले हालसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए ।
जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शंकास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको उनको जिकिर छ । क्वारेन्टिनमा हाल १९ व्यक्ति छन् । तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीय बासिन्दालाई क्वारेन्टिनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण