रौतहटमा थपिए २९ जना संक्रमित, दुुईहजार बढीको रिपोर्ट आउँन बाँकी
आइतबार, १८ जेठ २०७७, १८ : २२
रौतहट । रौतहटमा आईतबार फेरि २९ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । परीक्षण भएका २ हजार भन्दा बढीको रिपोर्ट भने आउन बाँकी छ । आईतवार ईशनाथ नगरपालिकामा २१ जना र दुर्गा भगवती गाँउपालिकामा ८ गरी २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय गौरका प्रमुख महेश साहले बताए ।
यसका साथै रौतहटमा संक्रमितको कुल संख्या २ सय १७ पुुगेको छ । जसमा एकजना रौतहट घर भई बारामा कार्यरत प्रहरी जवान समेत छन् । रौतहटको विभिन्न क्वारेनटाईनमा बसेकाहरुमध्ये तीनहजार एकसय २९ जनाको स्वाब संकलन गरी जाँचको लागि टेकु अस्पताल काठमाडौं पठाएको थियो । तीमध्ये हालसम्म दुईसय १६ पोजिटिभ र नौसय ८३ निगेटिभ रिपोर्ट आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण