अमेरिकामा प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर
आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ ।
समाचार एजेन्सी रोयटर्सले यसबारे जानकारी दिएको हो ।
प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले बताएको छ । घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ट्याङकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको जानकारी दिएको छ । पछि उनलाई मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ । रोयटर्समा प्रकाशित एउटा फोटोमा उनलाई सर्ट बिना प्रहरी नजिकै अनुहार लुकाएको अवस्थामा देख्न सकिन्छ ।
‘आई–३५ डब्ल्यूमा ट्रक ड्राइभरले शन्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेकामाथि गरेको उक्त हर्कत निन्दनीय छ ,’ मिनियापोलिस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीले ट्वीटरमा भन्यो । ‘ट्रक चालक घाइते छन् र उनलाई अस्पताल पुर्याइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकले कसैलाई पनि चोट भने पुर्याएको छैन ।’
प्रदर्शनकारी प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
मिनियापोलिससमेत अमेरिकामा विभिन्न शहरमा केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुपसमेत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

