चैतमा तिर्नुपर्ने सबै कर जेठ मसान्तसम्म चुक्ता गर्नुपर्ने
काठमाडौं । आन्तरिक राजश्व विभागले जेठ महिनाभित्र यसअघिका सबै कर दायित्वहरु भुक्तानी गर्न ताकेता गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) का कारण देश लकडाउनमा भएको अवस्थामा दुई महिनादेखि पर सार्दै आएका करहरु तिर्न विभागले भनेको हो ।
विभागले प्रत्येक महिनाको २५ गतेसम्म भुक्तानी गर्नुपर्ने करहरु जेठ २५ गतेसम्म र प्रत्येक महिनाको मसान्तसम्म भुक्तानी गर्नुपर्ने करहरु जेठ मसान्तसम्म भुक्तानी गर्नुपर्ने जनाएको छ । जसअनुसार गत फागुन र चैत महिनाको मासिक विवरण, माघ र फागुन महिनाको द्वैमासिक विवरण र मंसिरदेखि फागुनसम्मको भ्याटको चौमासिक विवरण यही जेठ २५ गतेसम्म दाखिला गरिसक्नुपर्नेछ ।
त्यस्तै, फागुन र चैत महिनाको अन्तशुल्कबापतको कर समेत सोही अवधिमा बुझाइसक्नुपर्नेछ । अग्रिम आयकर कट्टीको रुपमा फागुन र चैत महिनाको अग्रिम करको विवरण बुझाउने र त्यसअनुसारको रकम दाखिला गर्ने अवधि पनि जेठ २५ गतेसम्म नै तोकिएको छ । त्यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार शुल्क लगायत शुल्कहरु पनि सोही अवधिभित्र बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ । सामान्य अवस्थामा यी सबै दायित्व चैत २५ मा तिर्नुपर्ने दायित्व हो ।
आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापत तिर्नुपर्ने रकम भने जेठ मसान्तभित्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो चैत मसान्तको दायित्व हो । सरकारले जेठ ३२ सम्मको लागि लकडाउन जारी राखेको छ । लकडाउन घोषणा भएका कारण बन्द रहेका उद्योग व्यवसायलाई राहत दिनका कर तिर्ने समय पर सारिएको भए पनि लकडाउन कायमै रहँदा यसलाई तिर्न ताकेत गरिएको हो । त्यसो त सरकारले, लकडाउन कायमै रहे पनि निश्चित शर्तमा रही निजी सवारीसाधन चल्न पाउनेगरी बिहीबारदेखि लकडाउन खुकुलो गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण