अभिषेक बच्चनसँग ऐश्वर्या रायले विवाह गर्दा सलमान खानले यस्तो भनेका थिए
ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् । सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहोस्, सलमान खान र ऐश्वर्या रायको अफेयरको निकै चर्चा भएको थियो । अभिषेक र ऐश्वर्याको विवाहबारे सलमानले के भनेका थिए त, यसो रिवाइन्ड गरौं ।
ऐश्वर्याबारे सलमानले गरेका थिए कुराः
९० को दशकको अन्तिममा स सन् २००० को सुरुवाती दिनमा सलमान खान र ऐश्वर्या रायको निकै चर्चा थियो । सन् २००२ पछि दुईले एक–अर्कासँग कुरा गर्नै छोडे । यस्तै, सलमान खानले एक अन्तरवार्तामा ऐश्वर्या रायबारे कुरा गरेकी थिइन् ।
अभिषेक बच्चन राम्रो केटाः
सलमान खानले अन्तरवार्तामा ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरेकोमा आफू खुसी भएको बताएका थिए । उनले भनेका थिए, ‘उनी एक राम्रो परिवारको राम्रो केटा हुन् ।’ उनले दुबैलाई सुखमय दाम्पत्य जीवनको कामना पनि गरेका थिए ।
आ–आफ्नो जीवनमा खुसी छन् सलमान र ऐश्वर्याः
अभिषेक बच्चन र ऐश्वर्या राय आफ्नो परिवारसँग निकै राम्रो समय बिताइरहेका छन् जबकी सलमान खान युलिया वन्तुरसँगको सम्बन्धका कारण चर्चित छ । अहिले सलमान खान आफ्नो पनवेलमा भएको फार्महाउसमा आफ्नो परिवारका केही सदस्य र नजिकका साथीसँग समय बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण