राजपा र समाजवादीबीच होला आज सहमति ?
काठमाडौं । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपालको नेतृत्वको विषय टुङ्ग्याउनका लागि बैठक बसिरहेको छ । दुवै पार्टीबीच आ-आफ्नो प्रस्तावमा अडिग रहँदा कुरा मिलिरहेको थिएन । समाजवादी पार्टीले महन्थ ठाकुर अध्यक्ष, डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय कमिटीको अध्यक्ष राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । तर राजपा नेपालले महन्थ ठाकुर अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । त्यो प्रस्तावमा दुवै पक्षबीच कुरा मिलेको थिएन । आज पनि त्यसै विषयमा छलफल भइरहेको छ ।
बैठकमा महन्थ ठाकुरलाई अध्यक्ष, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादवलाई केन्द्रीय कमिटीको अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । त्यसमा सहमति बनाउने प्रयास भइरहेको जनाइएको छ ।
राजपा नेपालबाट महन्थ ठाकुर अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा राखेर पार्टी दर्ता गराउने प्रस्तावमा राजपा नेपालमा पनि एकमत रहेको छैन ।
यो प्रस्तावमा सबभन्दा बढी अडान राजेन्द्र महतोले लिएका छन् । महेन्द्र राययादव, राजकिशोर यादव, शरतसिंह भण्डारी समाजवादी पार्टीको प्रस्तावमा सकारात्मक रहेको स्रोतले जनाएको छ । समाजवादी पार्टीका नेताहरुले पनि नेतृत्वमा कुरा नमिल्नुमा राजपा नेपालका नेताहरुमा नै समस्या रहेको दावी गरेका छन् । तर राजपा नेपालका केही नेताहरुले समान हैसियतमा एकीकरण हुने सहमति भएको हुनाले दुवै पार्टीबाट एकएकजना राखेर पार्टी दर्ता गराउने भनिरहेका छन् भने अर्को पक्षले पार्टी एकीकरणको काम ऐतिहासिक भएको हुनाले नेतृत्वका लागि एकीकरणलाई अड्काउन नहुने धारणा राख्छन् ।
आज दुवै पार्टीमा कुरा मिल्यो भने शुक्रवार पार्टी दर्ता गराउने तयारी रहेको छ । तत्कालिन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक बसिरहेको छ । त्यसमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, शरतसिंह भण्डारी रहेका छन् भने समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र पर्शुराम खापुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण