प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८५९ पुग्यो
धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४ जना नयाँ सङ्क्रमित थपिएको हो ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा.घिमिरेले जानकारी दिए ।
स्वाब र क्वारेन्टिनको अवस्था
यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ । आज अपराह्नसम्म ९७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टिन सञ्चालनमा आएको र सो क्वारेन्टिनमा ३० हजार ७०६ वटा श्ययाको व्यवस्था गरिएको छ । यतिखेर, २३ हजार ३३३ जना क्वारन्टिनमा, छ हजार ३१ जना होम क्वारेन्टिनमा र ५८३ जना आइसोलेसनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण