जर्ज फ्लोयड हत्याः निलम्बित प्रहरी अधिकारीमाथि लगाइए नयाँ धारा
अमेरिकामा अफ्रिकी मूलका जर्ज फ्लोयडको मृत्युको विषयमा निलम्बित गरिएका सबै प्रहरी अधिकारीविरुद्ध नयाँ धारा लगाइएको छ ।
अदालतको दस्तावेज अनुसार प्रहरी अधिकारी डेरेक शाविनविरुद्ध सेकेन्ड डिग्री मर्डरको मुद्दा दर्ता गरिएको छ ।
यस्तै, अन्य प्रहरी अधिकारीमाथि हत्यामा मद्दत गरेको र प्रोत्साहन दिएको आरोप लगाइएको छ ।
जर्ज फ्लोयडको मृत्युपछि अमेरिकामा जातीय भेदभावविरुद्ध आक्रोश भड्किएको छ ।
देशका विभिन्न शहरमा गत एक हप्तादेखि प्रदर्शन जारी छ । विभिन्न स्थानमा प्रदर्शनका क्रममा हिंसा र लुटपाटको घटना पनि भएको छ ।
धेरैजसो प्रदर्शन शान्तिपूर्ण नै रह्यो तर केही स्थानमा हिंसापछि कर्फ्यू लगाइएको छ ।
प्रहरी अधिकारीमाथि नयाँ धाराको घोषणा गर्दै मिनेसोटाका अटोर्नी जनरल किथ एलिसनले यी धारा न्यायको हितमा रहेको बताएका छन् ।
डेरेक शाविनमाथि पहिलेदेखि लगाइएको थर्ड डिग्री मर्डरको आरोप यथावत रहनेछ ।
निलम्बित गरिएका अन्य तीन प्रहरी अधिकारी थोमस लेन, जे एलेक्सेन्डर र टाउ थाओमाथि हत्यामा मद्दत गरेको र हत्यालाई प्रोत्साहन दिएको आरोप लगाइएको छ ।
मिनेसोटाका सिनेटर एमी क्लोबूचरले नयाँ धारा न्यायको दिशातर्फ अर्को एउटा कदम भएको बताएका छन् ।
यस्तै, फ्लोयडको परिवारका वकिल बेन्यामिन क्रम्पले एक बयानमा ‘यो न्यायको मार्गमा एउटा महत्वपूर्ण कदम भएको र फ्लोयडको अन्तिम संस्कार अघि नै महत्वपूर्ण एक्सन लिइएको’ भन्दै आभार व्यक्त गरे ।
यस्तै, सीएनएनसँग कुराकानी गर्दै वकिलले फ्लोयडको परिवारले भने डेरेक शाविनविरुद्ध फर्स्ट डिग्री मर्डरको धारा लगाउनुपर्ने माग गरेको बताए । उनले अनुसन्धान चलिरहेकोले धारा परिवर्तन पनि हुनसक्ने बताएका छन् ।
यी हत्याका आरोप के हुन् ?
मिनेसोटाको कानून अनुसार फर्स्ट डिग्री र सेकेन्ड डिग्री मर्डरको आरोपमा हत्याराको उद्देश्य हत्या गर्नु नै थियो भनेर प्रमाण पेश गर्नुपर्छ । साधारणतया जानीजानी गरिएको हत्याका लागि फर्स्ट डिग्री मर्डरको धारा लगाइन्छ जबकि रिस वा आक्रोसमा गरिएका हत्याका लागि सेकेन्ड डिग्रीको चार्ज लाग्न सक्छ ।
थर्ड डिग्री मर्डरमा दोषी प्रमाणित गर्नका लागि अभियुक्तले पीडितलाई मार्नै चाहेको हो भनेर प्रमाण दिनुपर्दैन । यसमा अभियुक्तले जे गरे त्यो खतरनाक थियो र उनको मनमा मानव जीवनका लागि कुनै वास्ता थिएन भनेर मात्रै प्रमाण पेश गर्नुपर्छ ।
यदि कोही अभियुक्तलाई सेकेन्ड डिग्री मर्डरको दोषी प्रमाणित गरियो भने उनलाई ४० वर्षसम्मको सजाय हुनसक्छ । यस्तै, थर्ड डिग्री मर्डरमा २५ वर्षसम्मको सजाय हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

