रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ
रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा ११ का निरज लामा रहेको प्रहरी निरीक्षक मेदनी साहले बताएका छन् ।
आज बिहान ३ बजे मौलापुर चोकबाट जयनगर चोक तर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५प ६३९४ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा दुबैबाट झोलामा लुकाएको अवस्थामा प्रतिझोला १० किलोको दरले २० किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
बरामद गाँजा मोटरसाइकल र चारैजना तस्करलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले गांजा सहित पक्राउ चारैजना माथी लागूऔषध ओसारपसार सम्बन्धि मुद्दा दर्ता भइ थप प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण