स्वास्थ्य संकटकालको एजेन्डा मन्त्रिपरिषद बैठकमा परेन
काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशमा स्वास्थ्य संकटकाल घोषणा गर्ने निर्णय गरेपनि यससम्बन्धी एजेन्डा मन्त्रिपरिषद बैठकमा पेश हुन सकेन् । कोरोना भाइरसको सक्रमणको मात्रा बढ्दै गएपछि मन्त्रीस्तरीय बैठकबाट स्वास्थ्य संकटकालको निर्णय गर्दै मन्त्रिपरिषदको बैठकमा लैजाने निर्णय भएको थियो ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा यसबारे कुनै कुरा नउठेको जानकारी दिए । बिहिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य संकटकालको निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको जानकारी गराएका थिए । मन्त्रालयले बनाएको कार्यविधि अनुसार २ हजारभन्दा बढी संक्रमित देखिएमा स्वास्थ्य संकटकाल घोषणा गर्ने व्यवस्था अनुसार मन्त्रीस्तरीय निर्णयलाई मन्त्रिपरिषदको बैठकमा पेश गर्ने भनिएको थियो ।
मन्त्रिपरिषदको बैठकमा भारतबाट आउने नेपालीलाई सिमानामा कोरोना परिक्षण गरेर सम्बन्धीत प्रदेशलाई जिम्मा लगाउने, प्रदेशले जिल्लालाई र जिल्लाले सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउने निर्णय गरेको छ । उनीहरुलाई यातायातका साधानबाट सुरक्षित रुपमा लगेर क्वारेन्टाइनमा राख्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यस्तै, हवाई माध्यमबाट विदेशबाट आउने नेपालीहरुका लागि पनि प्रदेश अनुसार स्थान तोकी प्रदेशले जिम्मा लिने र उनीहरुको स्वास्थ्य परिक्षण गरी सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण