कोरोना संक्रमणबाट थप एकको मृत्यु
शुक्रबार, २३ जेठ २०७७, ११ : ०२
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बिहीबार बिहान २ः१५ मा सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो ।
उनको मृत्युपश्चात स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् ।
बुधबार पखपुरी नगरपालिका–१ हाँसेगाउँ निवासी उक्त युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोभिड–१९ सम्बन्धित लक्षणहरु नभएकाले होम क्वारेन्टिनमा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण