बेलायतमा कोभिड–१९ सम्भावित खोपको उत्पादन सुरु
एजेन्सी । बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस (कोभिड–१९) रोक्नका लागि डिजाइन गरिएको सम्भावित खोपको उत्पादन सुरु गरेको छ । यो खोप पहिलो चरणको परीक्षणहरुमा सफल भएको छ । यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको सहयोगमा विकास गरिएको यो खोप अहिले पनि परीक्षणकै क्रममा रहेको छ । तर औषधी कम्पनीका प्रमुख पास्कल सोरियटले बीबीसीसँग भने, ‘एस्ट्राजेनेका यो विश्वास गर्छ कि हामीले अब यो खोपको (खुराक) डोज उत्पादनमा लागेका छौ, हामीले यसको (खुराक)डोज बनाउनुपर्छ । ताकि जब यो खोप परीक्षणमा प्रभावकारी हुन्छ, तब यसको माग बढेसँगै हामी सप्लाई गर्न सकौं ।’

उक्त कम्पनीले विश्वभर यो खोपको २ अर्ब डोज सप्लाई गर्न सक्षम हुने दाबी गर्दै आएको छ । सोरियटले बीबीसँग भने, ‘यदि खोप प्रभावकारी साबित भएन भने पनि हामी यो जोखिम मोलेर अघि बढिरहेका छौं । त्यो बेला हामीले ठूलो आर्थिक मूल्य चुकाउनुपर्नेछ । किनकि यो बीचमा (संकट) हामी जे पनि गर्न तयार भएका छौ ।’ बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु प्छिल्ला महिनादेखि खोप परीक्षणमा अहोरात्र खटिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण