संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड (फोटोफिचर)
बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ६ जूनमा जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्रमिक लिने गायिकामध्येकी एक हुन् ।
नेहाका भाइ टोनी कक्कडले मुम्बई मिररसँगको कुराकानीमा नेहा अहिले पनि आफ्नो जन्मदिनका लागि बच्चा झैं खुसी हुने बताएका थिए ।
टोनीले भनेका थिए, ‘वाल्यकालदेखि अहिलेसम्म, हाम्रो जीवनमा थुप्रै कुरा परिवर्तन भएको छ नेहा उपहार र जन्मदिनका लागि सधैं उत्साहित हुने गर्छिन् ।’
टोनीका अनुसार वाल्यकालमा उनीहरु ऋषिकेशमा बस्दथे । त्यहाँ निकै जन्मदिनको निकै साधारण पार्टी हुने गर्दथ्यो । उनकी आमाले छोराछोरीको जन्मदिनमा कम्तीमा एउटा केक र पेस्ट्रीको व्यवस्था गर्ने गर्थिन् ।
नेहा कक्कड र उनका भाइ बहिनीको संघर्षको कहानी थुप्रैपटक सार्वजनिक भइसकेको छ । भारतीय सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने नेहाका बुवाले स्कूल बाहिर समोसा बेच्दथे जसका कारण नेहालाई उनका साथीहरुले निकै जिस्काउने गर्दथे ।
नेहा र उनकी बहिनी मन्दिरमा आरतीका लागि हुने भजनमा गाउने गर्दथे । टोनीका अनुसार सोनू र नेहाले यो अवस्थासम्म आइपुग्नका लागि अत्यधिक मिहिनेत गरेका छन् ।
सन् २००८–०९ मा नेहा मुम्बई आएको र इन्डियन आइडलमा भाग लिएपछि उनको जीवनशैली अत्यधिक परिवर्तन भएको टोनीले बताए ।
नेहाले राम्रो काम पाउन थालेपछि उनको परिवारले मुम्बईमा आफ्नो अपार्टमेन्ट खरिद गरेको थियो । केहि दिनअघि नेहाले ऋषिकेशमा आफ्नो घर खरिद गरेकी छिन् र भाडाको घरमा बस्दा कति समस्यामा सामना गर्नुपरेको बारे पनि उनी कुरा गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण