गुल्मीका जनप्रतिनिधिसहित सबैको रिपोर्ट नेगटिभ
शनिबार, २४ जेठ २०७७, १७ : ०४
गुल्मी । गुल्मीमा पहिलो स्वाब परीक्षणबाट कोरोनो संक्रमित पुष्टि भएका एकजना जनप्रतिनिधिमा दोश्रोपटक स्वाब परीक्षण गराउँदा नतिजा नेगटिभ आएको छ । आईसोलेशनमा रहेका ती जनप्रतिनिधिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएलगत्तै उनले खुसी व्यक्त गरे ।
ती जनप्रतिनिधि र जेठ १८ गते स्वाब परीक्षणका लागि पठाइएका १ सय ५२ जना सबैको रिपोर्ट नेगटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए । सदरमुकाम तम्घासबाट ६१ जना र रिडीबाट ९१ जनाको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो ।
उनीहरु राजनैतिक दलका नेता, पालिका प्रमुख, उपप्रमुख, पत्रकार र सवारी चालक समेत थिए । पछिल्लो रिपोर्टले यहाँका सबै सञ्चारकर्मीहरु पनि कोरोनाबाट सुरक्षित छन भन्ने देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण