अब ग्यापु डटकममार्फत सेल्सबेरीका २३ स्थानबाट सामान खरिद गर्न सकिने
काठमाडौं– अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम (gyapu.com) र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बीच ब्यापार साझेदारी सुरु भएको छ।
काठमाडौं, बनेपा र पोखराका २३ आउटलेट मार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सय भन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाइट वा मोबाइल एप मार्फत अर्डर गर्न सक्नेछन्। उक्तm अर्डरको ग्यापुका कर्मचारी मार्फत २४ घण्टा भित्र निःशुल्क डेलिभरी गरिने बताइएको छ।
ग्राहकले डेलिभरी पूर्व ई–सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन्। ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आइएमई पे, फोने पे, कनेक्ट आइपीएस, खल्ती, प्रभु पे मार्फत बिल तिर्न सक्नेछन् भने डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन्।
हाल काठमाडौं उपत्यका भित्र मात्र ग्यापुको सेवा रहेको छ भने लकडाउन पछि सेवा देशका मुख्य शहरहरुमा बिस्तार गरिने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण