न्यूजिल्याण्डले कोरोनाभाइरसलाई कसरी हरायो ?
न्यूजिल्याण्डमा कुनैबेला १५ सय बढी कोरोनाभाइरसका संक्रमित थिए तर अब त्यहाँ कोरोनाका एकजना पनि सक्रिय संक्रमित छैनन् । न्यूजिल्याण्डले कोरोनालाई हराएको बताइन्छ ।
अब प्रश्न यो उठ्छ कि न्यूजिल्याण्डले आखिर कसरी यस्तो गर्यो ?
यसको पहिलो कारण त देशमा तीब्र र व्यापक रुपमा लकडाउन लागू गरिएको थियो । देशले मार्च १९ देखि सीमा बन्द गरेको थियो, त्यतिबेला देशमा ३० जना मात्रै संक्रमित देखिएका थिए ।
त्यसको एक दिनपछि हाई अलर्ट घोषित गर्दै देशमा कडा लकडाउनको घोषणा गरियो ।
पाँच हप्ताको कडा लकडाउन पछि पहिलो पटक खानेकुराका पसल र व्यापारिक प्रतिष्ठान खोल्ने अनुमति दिइएको थियो ।
त्यसपछि अप्रिलको अन्त्यमा संक्रमण लगभग शून्य भयो र देश प्रतिबन्ध हटाउन सक्षम रह्यो ।
भाइरस यो देशबाट बाहिरिएको जस्तो देखिन्छ तर प्रधानमन्त्री जसिन्डा अर्डर्नले सीमा तत्कालका बन्द रहने बताएकी छिन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण