आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा कुटाकुट : कार्यालय सचिवसहित दुई गम्भिर घाइते (फोटो/भिडियो)

बुधबार, २१ भदौ २०७४, १८ : ५६
बुधबार, २१ भदौ २०७४

सिरहा । नेपाली काँग्रेसभित्र दुई समूहले आफ्नो पक्षकाले टिकट पाउने पर्ने भन्ने विवादका कारण कुटाकुट भएको छ । दुई पक्षबीच भएको झडपमा एक दर्जन कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली काँग्रेसका कार्यालय सचिव रामबाबु यादव र जगदिश यादव गम्भिर घाइते भएका छन् । उनीहरु दुर्वलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको जनाएको छ । 

झडपमा सञ्जय प्रकाश यादव, सुधन यादव, मुकेश यादव, बुधन यादवसहित एक दर्जन घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर गएको जनाएको छ । 

नेपाली काँग्रेसका जिल्ला सभापति तथा सासंद राम चन्द्र यादव र पूर्व सामान्य प्रशासन मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सीता देवी यादव पक्षबीच झडप भएको बताइएको छ । 

टिकटको विषयमा छलफल चलिरहेको वेला सीता देवी यादव पक्षका व्यक्तिले बैठक कक्षमै पसेर कुटपीट गरेको सांसद रामचन्द्र यादव पक्षले बताए । 

उनीहरुले पहिलादेखि नै ढुङ्गा तयार पारेर राखेको  एक्कासी प्रहार गरेको दोस्रो पक्षले आरोप लागाएको छ । 

सिरहा नगरपालिकामा नेपाली काग्रेसबाट मेयरको उम्मेदवारी पूर्व मन्त्री सीतादेवी यादवको छोरा डा. शुभाष यादवले दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप