काँग्रेसमा कुटाकुट : कार्यालय सचिवसहित दुई गम्भिर घाइते (फोटो/भिडियो)
सिरहा । नेपाली काँग्रेसभित्र दुई समूहले आफ्नो पक्षकाले टिकट पाउने पर्ने भन्ने विवादका कारण कुटाकुट भएको छ । दुई पक्षबीच भएको झडपमा एक दर्जन कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली काँग्रेसका कार्यालय सचिव रामबाबु यादव र जगदिश यादव गम्भिर घाइते भएका छन् । उनीहरु दुर्वलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको जनाएको छ ।
झडपमा सञ्जय प्रकाश यादव, सुधन यादव, मुकेश यादव, बुधन यादवसहित एक दर्जन घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर गएको जनाएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा सासंद राम चन्द्र यादव र पूर्व सामान्य प्रशासन मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सीता देवी यादव पक्षबीच झडप भएको बताइएको छ ।
टिकटको विषयमा छलफल चलिरहेको वेला सीता देवी यादव पक्षका व्यक्तिले बैठक कक्षमै पसेर कुटपीट गरेको सांसद रामचन्द्र यादव पक्षले बताए ।

उनीहरुले पहिलादेखि नै ढुङ्गा तयार पारेर राखेको एक्कासी प्रहार गरेको दोस्रो पक्षले आरोप लागाएको छ ।
सिरहा नगरपालिकामा नेपाली काग्रेसबाट मेयरको उम्मेदवारी पूर्व मन्त्री सीतादेवी यादवको छोरा डा. शुभाष यादवले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण