गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२० पुग्यो
कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणको थप ५ नयाँ केस भेटिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी गर्दै नवलपुरको गैडाकोट र कावासोती नगरपालिकामा गरि ५ संक्रमित थपिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ३३ र ३९ वर्षका २ पुरुष र सोही जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१ र ४० वर्षका दुई पुरुष त्यसै गरि ६३ वर्षिय महिलामा गरि जम्मा ५ जना संक्रमित थपिएका छन् ।
संक्रमित पाँचै जनलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । आज बिहान मात्रै गण्डकी प्रदेशमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको शव अन्त्येष्टिको भने अझैं सम्म टुंगो लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण