अमेरिकाको कोरोना महामारीको इपिसेन्टर न्यूयोर्क खुल्यो
एजेन्सी । अमेरिकाको न्युयोर्क शहर लकडाउनपछि आज फेरि दोश्रोपटक(अमेरिकी समयअनुसार) खुल्दैछ । अमेरिकाको यो शहर कोराना महामारीको इपिसेन्टर हो । न्युओर्कमा मात्र २१ हजार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने २ लाखभन्दा बढी संक्रमित भएका छन् । यो राज्यमा ४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३० हजार बढीले ज्यान गुमाएका छन् । यसअघि पनि बीचमा लकडाउन खुकुलो बनाइएको थियो । तर परिस्थिति जटिल बन्दै गएपछि लकडाउन कडा बनाइएको थियो ।
यसअघि न्युयोर्क शहरको स्थिति निकै भयावह थियो । जहाँ प्रत्येक २० जना बराबर १ जना संक्रमणको चपेटामा परेका थिए । तर अहिले शहरको अवस्था निकै राम्रो हुदै गएको छ । तैपनि प्रतिदिन ५ सय संक्रमणका नयाँ केसहरु देखिइरहेका छन् । प्रत्येक मानिसहरु बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाएरै निस्कन्छन् र सामाजिक दुरी कायम राख्छन् । सोमबारदेखि निर्माण लगायतका क्षेत्रहरु खोलिएका छन् । यी क्षेत्रहरु खुलेपछि ४ लाख मानिसहरु काम फर्किने बीबीेसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण