भरुवा बन्दुकसहित २६ वर्षीय युवक पक्राउ
मङ्गलबार, २७ जेठ २०७७, १८ : २२
ओखलढुंगा । लिल्लाको सुनकोशी गाउँपालिका ४ टिपटारका एक युवकलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । सोमबार स्थानीय २६ वर्षीय युवराज राईलाई मानेभज्याङ गाउँपालिका ८ भालुखोलामा भरुवा बन्दुक लुकाई राखेको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । उनलाई हातहतियार तथा खरखजना शीर्षकमा मुद्धा चलाई म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण