तीन बालिकालाई बलात्कार गरेका आरोपमा चार जना पक्राउ
मङ्गलबार, २७ जेठ २०७७, २१ : २९
कैलाली । तीन जना बालिकालाई बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई बलात्कार गर्ने चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने वर्ष १८ का सन्दीप ठकुल्ला, वर्ष २१ का दीपक बुढा, वर्ष १९ का डम्बर ठकुल्ला र वर्ष २० का दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुले बालिकालाई डर देखाइ जबरजस्ती करणी गरी फरार भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनीहरुको कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण