इँटा उद्योगका मजदुरहरुलाई राहत वितरण
वल्र्डभिजन इन्टरनेसनल नेपाल र बालविकास समाजको संयुक्त प्रयासमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाका–४ र ललितपुर बुङ्गमतीका ४ गरी जम्मा ८ वटा इँटा उद्योगमा काम गर्ने ३३५ परिवारलाई खाद्यान्न सामाग्री र उनीहरुका ३५१ जनाबालबालिकालाई सरसफाई झोला वितरण गरिएको छ ।
कोेरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले चैत्र ११ गतेबाट मुलुकभर गरेको लकडाउनले मारमा परेका मजदुरहरुलाई संस्थाले दोस्रो पटक यही जेठ २५ र २६ गते खाद्यान्न प्याकेज वितरण गरेको हो ।
इँटा उद्योगका तीनजनाभन्दा बढी सदस्य भएको हरेक परिवारलाई ३० केजी चामल, २ केजी नुन, ३ केजी दाल, २ लिटर तेल, २ केजी चिनी, ४ वटा हातधुने साबुनको प्याकेजको दरलेर १ वा २ जना सदस्य भएको परिवारलाई उक्त प्याकेजको आधा हुने गरी नेपाल सरकार–राहतवितरण मापदण्ड २०७६ अनुसारको प्याकेज वितरण गरिएको हो ।
बालबालिकाका लागि ३५१ वटा सरसफाई झोलामा साबुन, ब्रस, मन्जन, काइयो, टावेल, नैना लगायतका सामाग्री राखीवितरण गरिएको हो ।
त्यसै गरी चन्द्रागिरि नगरपालिकामा रहेको अरविन्दआश्रम, ग्लोरी बालगृह, मनाङ्ग सेवाआश्रम, र बालविकास केन्द्र गरी ४ वटा बालगृहका २१६ जनाबालबालिकालाई समेत खाद्यान्नवितरण गरिएको हो । ८ वटा इँटा उद्योग र ४ वटा बालगृहमा गरी जम्माचामल ९९५५ केजी, नुन ६६७ केजी, दाल १०८० केजी, तेल ७८७ लिटर, साबुन १३९० पिस, र चिनी७३२ केजी वितरण गरिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण