फेसबुकमा प्रेमः ५५ वर्षका किसानको ३० लाख ‘स्वाहा’
एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा ।
५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती कुराकानी निकै छिटो अश्लील च्याट र भिडियोसम्म पुग्यो । त्यसपछि सुरु हुन्छ भिडियो कल । १३ दिन बित्न नपाउँदै प्रेमको कुरा चल्न थाल्यो ।
प्रेममा ती किसान अन्धो भए, केहि सोच्नै सकेनन् । ३० लाख भारु तीनवटा बैंक खातामा जम्मा गरिदिए । पैसा पाउने बित्तिकै युवती फेसबुकबाट गायब भइन् । ठगीको यो आरोप अब हापुड प्रहरीले साइबर सेलसँग मिलेर अनुसन्धान गरिरहेको छ ।
२४ मे मा आएको थियो फ्रेन्ड रिक्वेस्टः
थाना इन्चार्ज महावीर सिंहले जानकारी दिए अनुसार एक किसानमाथि ठगी भएको हो । प्रहरीका अनुसार २४ मे मा उनको फेसबुक अकाउन्टमा एउटी युवतीको फ्रेन्ड रिक्वेस्ट आएको थियो । किसानले २५ मे मा उक्त रिक्वेस्ट स्विकारे । ती युवतीले प्रेमको जालमा फसाएर किसानको ३० लाख भारु ठगी गरिन् ।
११ दिनसम्म जम्मा गरे पैसाः
प्रेममा डुबेका किसानले ११ दिनसम्म ती युवतीको खातामा पैसा जम्मा गरिरहे । कहिले इनकम ट्याक्स डिपार्टमेन्टको नाममा त कहिले एक्साइज डिपार्टमेन्टका लागि । १५ लाख भारु उनले आफ्नै पैसा जम्मा गरिदिए भने थप १५ लाख आफन्त र साथीहरुसँग ऋण लिए । उपहार पाइने लोभमा उनले त्यो रकम पनि जम्मा गरिदिए । ११ दिनमा ११ पटक उनले ती युवतीको खातामा ३० लाख जम्मा गरिदिएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण