एमसीसीको विरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिको पुत्ला दहन
धनकुटा । धनकुटाको हिलेमा आज साँझ प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरिएको छ । पछिल्लो समय चर्चामा रहेको एमसीसी नेपालमा लागू गर्न खोजेको विरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला जलाइएको हो ।
राप्रपा (लोकतान्त्रिक)को अगुवाईमा निस्किएका युवाहरुले ओली र ट्रम्पको पुत्ला जलाउँदै सडकमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्माओलीका विरुद्धमा पनि नाराबाजी गरेका छन् । ‘अमेरिकी राष्ट्रवाद मुर्दावाद, एमसीसी खारेज गर, केपी ओली मुर्दावाद’ लगायत नारा लगाउँदै युवाहरुले सडकमा प्रदर्शन गरेका हुन् ।
राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङसहितका युवाहरु प्रदर्शनमा सहभागी थिए । सो क्रममा बोल्दै अध्यक्ष तामाङले राष्ट्रघाती एमसीसी सम्झौता नेपालमा लागू गर्न खोजिएकाले विरोधस्वरुप पुत्ला दहन गरिएको बताएका छन् । एमसीसीको विरोधमा उत्रन सवैलाई आह्वान गर्दै उनले नेपाली जनतालाई दास बनाउन एमसीसी लागू गर्न खोजिएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण