रौतहटमा कोरोना जित्नेको संख्या एक सय नाघ्यो
रौतहट – कोरोना भाइरस संक्रमितको मामिलामा प्रदेश २ मा नै सबैभन्दा अगाडि रहेको रौतहटमा कोरोना जित्नेको संख्या पनि थपिदै गएको छ ।
कोरोना भाइरस जित्नेको संख्यामा पनि रौतहटले अग्रता लिएको छ । बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन् ।
गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जनाले कोरोना जितेका हुन् ।
त्यहाँ रहेका ७५ जनामध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई फूलमाला लगाएर सम्मानसाथ घर पठाइएको प्रशासकीय अधिकृत मुस्ताख आलमले बताए ।
यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पताल बाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताएका छन् ।
रौतहटमा कोरोना भाइरस जितेर बुधबार बेलुकी सम्म घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहले जानकारी दिए ।
त्यसैगरी, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म ४८६ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।
संक्रमितहरुको गौर गरुडा, देवाहिगोनाही, राजपुर, चन्द्रपुर लगायतका स्थानमा निर्माण भएको आइसोलेसनमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण