पश्चिम रुकुम घटनामा थप तीनजना पक्राउ
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् ।
सबिनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । बुधबार नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।
योसँगै मृतकका परिवारले किटानी जाहेरी दिएका २० जना नै पक्राउ परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेका बाहेका अन्य आठ जनालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हत्याको घटनाको अनुसन्धानका लागि प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
गत १० जेठमा सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटतर्फबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको मृत्यु भएको छ । किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो ।
मृतकका परिवारले उनीहरुको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण