डाक्टरले गरिरहे दिमागको शल्यक्रिया, वृद्धाले पकाइरहिन् पकौडा
शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ ।
इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताए । तर शर्त एउटा थियो कि शल्यक्रिया गर्दा महिला सुत्नु हुँदैन ।
डेली मेलका अनुसार मध्य इटलीमा अवस्थित अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा. रोबर्टो ट्रिगनानीले उक्त शल्यक्रिया गरेका हुन् । डाक्टरले शल्यक्रिया गर्दा जागा हुने बताएपछि महिलाले आफ्नै तरिकाले जागा हुने इच्छा व्यक्त गरिन् ।
यस्ता शल्यक्रियामा बिरामी प्यारालाइसिस हुने वा अट्याक आउने भएकाले बिरामीलाई सकेसम्म जागा नै राख्ने गरिन्छ ।
अपरेशन थिएटरमा बिरामीको बेडमा एउटा ठूलो टेबलमा राखियो । पकौडा बनाउने सबै सामग्री पनि राखियो । यता शल्यक्रिया चलिरहेको थियो र उता महिलाले पकौडा बनाइरहिन् ।
यसअघि नेपालमा पनि ५६ वर्षीया खड्गबहादुर बुढाको मस्तिष्कको शल्यक्रिया गरिराख्दा उनले मादल बजाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण