टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु
अंकारा । कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ । टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको सबिहा गोक्सेन बिमानस्थलबाट लन्डनका लागि स्थानीय समयअनुसार बिहान ८ः ४० बजे प्रस्थान गरेको छ ।
त्यसलगत्तै नेदरल्याण्ड्सको आम्सटर्डम र जर्मनीको डुसेलडोर्फका लागि पनि बिमानहरु प्रस्थान गरेको टर्कीका अधिकारीहरुले बताएका छन् । यसैबीच, टर्कीस एयरलाइन्सको अर्को बिमान इस्तानबुल विमानस्थलबाट जर्मनीको डुसेलडोर्फका लागि प्रस्थान गरेको छ ।
यी बिमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमतिप्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको छ । बिमानस्थलमा प्रवेशका लागि निकै कडा नियमहरु जारी गरिएको बिमानस्थलका अधिकारीहरुले बताएका छन् । प्रत्येक यात्रुको शरीरको तापक्रम जाँच्नुका साथै वैध टिकट भएका व्यक्तिलाई मात्र बिमानस्थलमा प्रवेश गर्न दिइएको छ । टर्कीले घरेलु उडानहरु गत जुन १ तारिखबाटै शुरु गरिसकेको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण