रुपन्देहीका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा आज भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार एक जनाको ट्याक्टर पल्टिँदा मृत्यु भएको छ भने अर्को १ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । रुपन्देही मायादेवी गाउँपालिका–६ खजुरियास्थित खेतमा स्थानीय (वर्ष ४० का) रामदेव यादवको लु ४ त ४६७६ नं.को ट्याक्टरले खेत जोत्ने क्रममा अनियन्त्रित भएर पल्टिएर मृत्यु भएको हो । उनी छिमेकी सुरेश लोधको खेत जोत्न गएका थिए । त्यस्तै जिल्लाको कोटहीमाई गापा–४ जिगनिहवा स्थित माछा पोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका–१ अहिरौली घर भै सोही गाउँपालिका–४ जिगनिहवास्थित मामा घरमा बस्ने वर्ष ७ का राहुल चाईको पौडी खेल्ने क्रममा नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण