नेपाल सरकारले तोकेको भाडादर भन्दा सस्तोमा ओमान दूतावासले अलपत्र नेपाली स्वदेश फर्काउँदै
युएई। मलेसिया लगायत खाडी मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।
ओमनस्थित नेपाली दूतावासको उच्च श्रोत अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ धेरै महंगो भयो, पीडितहरुले यति महँगो भाडा तिर्न सक्दैनन्।
स्रोतले भने, त्यसैले हामीले २९९ अमेरिकी डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा नै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं।
श्रोतका अनुसार यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन ।
नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो।ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण