अमेरिकाले इराकमा सेनाको संख्या घटाउने
शुक्रबार, ३० जेठ २०७७, १३ : २१
एजेन्सी । अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ । अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो ।
अमेरिकाले इराकमा (इस्लामिक स्टेट्स) आइएसको नियन्त्रणका साथै अन्य आतंकवादी क्रियाकलापहरुको नियन्त्रणका लागि भन्दै विगतदेखि सेना पठाउदै आएको छ । तर आगामी दिनमा ती सैनिक संख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आगामी महिनादेखि नै इराकमा खटाइने सेनाको संख्यामा कटौती गरिने जनाएको हो ।
बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशन गरेर सो कुराको जानकारी गराएका हुन् । त्यस वक्तव्यमा के कति मात्रामा संख्या घटाइने हो भन्ने विषयमा भने केही पनि बताइएको छैन । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण