कोरोनाबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु
शुक्रबार, ३० जेठ २०७७, १३ : ४५
ब्रासिलिया । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् ।
ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ । विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण