‘इन्गेजमेन्ट’ भइसकेपछि सम्बन्ध टुटेका यी बलिउड जोडी
एजेन्सी : बलिउड उद्योगमा केही चर्चित जोडीहरुको सम्बन्ध विवाहसम्म पुगेर टुटेको थियो । लामो समय प्रेम सम्बन्धमा रहेर विवाहका लागि ‘इन्गेजमेन्ट’ गरेपछि एक अर्काबाट टाढिएका केही जोडीहरुको बारेमा चर्चा गर्दैछौं ।
अभिषेक बच्चन र करिश्मा कपूर
करिश्मा कपूर बच्चन परिवारकी बुहारी बन्नेवाली थिइन् । अभिषेक बच्चन र करिश्मा कपूरको इन्गेजमेन्ट पनि भइसकेको थियो । तर भाग्यको लेखा अर्कै भएर होला करिश्मा र अभिषेकको इन्गेजमेन्ट तोडियो । किन उनीहरुको इन्गेजमेन्ट टुट्यो भनेर आजसम्म कसैलाई थाहा छैन । इन्गेजमेन्ट तोडिएपछि अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे । भने करिश्माले सञ्जय कपूरसँग विवाह गरिन् । करिश्माको भने सम्बन्धविच्छेद भइसकेको छ ।
विवेक ओबारोय र गुरप्रीत गिल
बलिउड अभिनेता विवेक ओबेरोयले प्रेमिका गुरप्रीत गिलसँग इन्गेजमेन्ट गरेका थिए । तर, उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । विवाह नहुँदै उनीहरुबीच सम्बन्ध बिग्रियो र विवेकले प्रियंका अल्वासँग विवाह गरे ।
सलमान खान र संगीता बिजलानी
बलिउड अभिनेता सलमान खानले कहिले विवाह गर्लान ? उनको विवाह को सँग होला ? उनकी प्रेमिका को होलिन् ? यस्ता प्रश्नहरु भारतीय सञ्चारमाध्यमहरुमा बारम्बार उठिरहेका हुन्छन् । धेरैवटी अभिनेत्रीसँग प्रेमसम्बन्धमा रहेका सलमानको संगीता बिजलानीसँग विवाहको लागि कार्ड समेत छापेका थिए । तर उनीहरुबीच सम्बन्ध तोडियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण